Logo
Logo

बीबीसीको १०० प्रभावशाली महिलामा नेपालबाट रुक्साना कपाली



काठमाडौं । बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।

कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटी प्लस समूहको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन् ।

प्रतिक्रिया दिनुहोस्