काठमाडौँ, १ फागुन ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ’जनयुद्ध’ का बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाल राज्यविरुद्ध ठूला आक्रमण गर्न सुझाव दिने गरेको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको ’जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलीसभामा दाहालले यस्तो बताएका हुन् । जनआन्दोलन र जनयुद्ध सँगै चलेको तत्कालिनं कांग्रेस सभापति कोइरालाले आक्रमणलाई मजबुत बनाउन भनेको कुरा स्मरण गराएका हुन् ।

’नेपाली कांग्रेसका तत्कालीन नेता दिवंगत गिरिजाप्रसाद कोइराला र मेरो बीचमा दिनदिनै जस्तो कुरा हुन्थ्यो र उहाँले ठूल्ठूला आक्रमण बढाउनु र्पयो भन्नुहुन्थ्यो मलाई। फौजी आक्रमण अलि बढाइदिनुर्पयो,’ उनले सम्झे, ’सदरमुकाम हान्नुर्पयो भन्नुहुन्थ्यो, यो बडो विचित्रको कुरा हुन्थ्यो।’ अध्यक्ष दाहालले दलहरुबीचको विचित्रको संयोगले राजतन्त्र अवसान गर्ने वातावरण बनेको र देश संघीय गणतन्त्रमा आउन सफल भएको बताए। त्यतीबेला सात दल र माओवादी मिलेर राजा ज्ञानेन्द्रविरुद्ध लडेका थिए ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जनताको मुक्ति र समृद्धिका लागि भएको बताएका छन्। उपाध्यक्ष गौतमले नेपालको जनयुद्धमा भएको बलिदान जति विश्वमै कहीं नभएको बताए।
गल्ती कमजोरी नगरी कोही पनि अगाडि बढ्न नसक्ने भन्दै पार्टी्भित्र देखिएका अन्तरविरोधहरु छिट्टै हल हुने पनि वामदेवको भनाई छ । जनयुद्धका क्रममा तत्कालीन एमालेले पनि ठूलो क्षति बेहोर्नुपरेको गौतमले बताए। ‘जनयुद्धको क्रममा ३ सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्। जे नहुनुपर्ने थियो, त्यो भयो,’ गौतमले भने।
कार्यक्रममा नेकपा उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेताहरु अमृत बोहरा, युवराज ज्ञवाली, पम्फा भुसाल लगायत नेताहरु तथा कार्यकर्ताहरुको उपस्थिति थियो। तर, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।











