Logo
Logo

बारामा एकै गाउँका दुई समूहबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर


1.5k
Shares

बारा । बारामा पचरौता नगरपालिकाको वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयलाई लिएर एके गाउँका दुई समुहचीच झडप भएको छ ।

भगवान हनुमानजीको मेला लगाउन सोमवार राती १० बजे बसेको बैठकमा मेलाको नेतृत्व गर्ने विषयमा ढुङ्गा मुढा भई झडप हुदा स्थिति नियन्त्रणमा लिन प्रहरीले ८ राउण्ड हवाई फायर गरेको हो ।

प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार भिडलाई सामन्य गरि मेला लगाउन वतावरण मिलाइएको थियो । तर पछि ब्रहमबाबाको पुजा चल्दै गरेको अवस्थामा वडा नम्बर ७ बेनौलीका वडाध्यक्ष बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले करिब ११ बजे पुनः दुई राउन्ड हवाई फायर गरि भिडलाई तितरवितर गरेको गरेको थियो ।

दुवै समुह आफ्नै अडानमा रहेकोले स्थिति झन तनावग्रस्त देख्दा पुनः ११ बजेर ४५ मिनेटमा गाउमा कुनै पनि अप्रिय घटना नघटोस भनेर ५ राउन्ड हवाई फायर गरिएको थियो । पुनः ११ बजेर ५५ मिनेटमा अर्को गल्लीबाट आएको भिडलाई तितरवितर गर्न एक राउन्ड गरि स्थितिलाई सामान्य गरिएको न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्