Logo
Logo

‘जापानको नारिता उडान निर्धारित तालिकामै’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गर्दै व्यवस्थापन चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन् ।
नयाँसडकस्थित निगम मुख्यालयमा बुधबार एक कार्यक्रमबीच पदभार ग्रहण गर्दै उनले निगम व्यवस्थापन चुस्त दुरुस्त बनाउने र निगम बुझेका कर्मचारीले संस्थाको सुधारमा कुन मोडलमा जाने भन्ने कुरा अध्ययनको आधारमा सिफारिस गर्न निर्देशन दिएका छन् ।
सचिव अधिकारीले विश्वमा पर्यटन व्यवसाय तीव्र प्रतिस्पर्धामा गएकाले निगमले पनि प्रतिस्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिउ । उनले भने, ‘निगममा सरकारको लगानी भएकाले यसको हेरविचार पनि सरकारले नै गरिरहेको छ ता पनि भविष्यमा मोडेल परिवर्तन गर्नु उपलब्धि पूर्ण ठानिएमा त्यसतर्फ सोच्न सकिनेछ ।’
निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अनुभवी र योग्य सचिव निगमले अध्यक्ष पाएकाले संस्थाको प्रगति सुनिश्चित रहेको उल्लेख गरे । उक्त अवसरमा विभिन्न विभागका निर्देशकले आ–आफ्नो क्रियाकलाप र प्रगतिबारे जानकारी गराएका थिए ।
नेपाल वायुसेवा निगमले यही १९ फागुनदेखि जापानको नारितामा गर्न लागेको उडान तालिकामा कुनै परिवर्तन नगरेको र सोही दिनदेखि उडान थालिने विश्वास दिलाएको छ । जापानबाट प्रसारण हुने एउटा सञ्चारमाध्यममा निगमको नारिता उडानको मिति पर सारिएको भन्ने समाचारप्रति निगमको ध्यानाकर्षण भएको भन्दै आवश्यक आधिकारिक जानकारी नलिई प्रसारित उक्त समाचारको खण्डन गरेको छ । साथै नारिता उडानबारे निगमको निर्धा्रित उडान तालिका बदलियो भन्नेबारेमा भ्रममा नपर्न विज्ञप्तिमार्फत अवगत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्