Logo
Logo

आईजिपी ज्ञवालीको पहिलो चुनौतीः एआईजी बढुवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन ।
३० वर्षे सेवाहदका कारण एकैपटक २२ जना उच्च अधिकारीले अवकाश पाएपछि प्रहरीका महत्वपूर्ण विभागहरु रिक्त भएका छन् । बढुवामा तिव्र चलखेल भएकाले कहिले बढुवा हुने भन्ने टुंगो छैन ।


प्रशासनतर्फ प्रहरीका तीनै एआईजी पद रिक्त छन् । तीन एआईजीको पदमा सात जना डिआईजीहरु प्रतिस्र्पामा छन् । महानिरीक्षक ज्ञवालीकै ब्याचबाट तारिणी लम्साल र सूर्य उपाध्याय छन् । त्यस्तै, यसपछिको ब्याचबाट शैलेश थापा क्षेत्री, हरि पाला, निरज शाही र प्रद्युम्न कार्की छन् । त्यसपछि बढुवा भएका विश्वराज पोखरेल समेत यही पटक एआईजी हुने दौडधुपमा लागेका छन् । जसकारण एआईजी बढुवामा ठूलै मारामार हुने देखिन्छ । प्रहरी महानिरीक्षक ज्ञवालीका लागि यो नै सबैभन्दा ठूलो अग्नि परीक्षा हुने छ । इमान्दार र क्षमतावान अधिकारीलाई छुटाएर राजनीतिक दबाबका आधारमा बढुवा गर्नतर्फ लागे भने उनी पनि संगठनका असफल आईजिपीमा दर्ज हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्