Logo
Logo

फिफा विश्वकप छनोट: नेपाल यमनसँग पराजित


2.5k
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटको खेलमा नेपाल यमनसँग पराजित भएको छ । 

आज (मंगलबार) साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो । पहिला हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा दुई  गोल  खायो । यमनले खेलको ७३औँ र ९०औँ मिनेटमा गोल गरेका थियो ।

दोस्रो चरणको खेलमा यो नेपालको दोस्रो हार हो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । 

विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्