Logo
Logo

सुरक्षामा बेथिती, गृहमन्त्रीलाई सई पिएसओ, वनमन्त्रीलाई इन्सपेक्टर


- दृष्टि न्युज/संवाददाता


 काठमाडौं, १ फागुन ।
पिएसओका नाममा सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएको छ । ठूला नेता र प्रहरीका हाकिमहरुले यसको दुरुपयोग गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षामा सइको कमाण्डमा प्रहरी खटिएको छ । तर, वनमन्त्री शक्ति बस्नेतको सुरक्षाका लागि भने इन्स्पेक्टरको कमान्डमा प्रहरी खटाइएको छ । मापदण्डविपरीत बस्नेतले आफू निकट इन्सपेक्टरलाई राखेका हुन् ।


गत साता गृह मन्त्रालयमा सरुवा भएका सचिव महेश्वर न्यौपानेको सुरक्षामा प्रहरी प्रधान कार्यालयले असइ दिलीप पुडासैनीलाई पठाएको थियो । तर, सचिव न्यौपानेले उनलाई पिएसओमा राख्न मानेनन् । चिनजानका आधारमा कार्यदलमा कार्यरत सइ महेश केसीलाई पठाउन लगाए । सुरक्षा सेवा निर्देशनालयबाट पिएसओ खटाउने भए पनि उनले नियम मिचेर कार्यदलबाट झिकाएका थिए ।
सुरक्षाका नाममा प्रहरी कर्मचारीको व्यापक दुरुपयोग भएपछि गृह मन्त्रालयले धेरै कटौती गर्ने प्रस्ताव गरेको थियो । त्यससम्बन्धी कार्य्विधि बनाएर मन्त्रिपरिषद्मा पेस गरेको ६ महिना भइसकेको छ । तर, नेताहरूकै दबाबमा कार्य्विधि पास हुन सकेको छैन । ‘कार्य्विधि पास भएलगत्तै धेरै प्रहरी तान्ने योजना बनाएका थियौँ,’ गृहका एक अधिकारी भन्छन्, ‘तर, कार्य्विधि नै पास हुन सकेन ।’

प्रतिक्रिया दिनुहोस्