Logo
Logo

जनप्रतिनिधिहरुको परिचयात्मक भारत भ्रमण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । भूकम्पपश्चात पुनर्निर्माणमा भारत सरकारको प्रयासस्वरुप नुवाकोट जिल्लाका स्थानीय सरकारका २१ निर्वाचित प्रतिनिधिका लागि युएनओपीएसले भारतमा २७ माघदेखि २ फागनसम्म परिचयात्मक भ्रमणको आयोजना गरेको छ ।
दुई नगरपालिकाका मेयर तथा उपमेयर र आठ गाउँपालिकाका अध्यक्ष, पाध्यक्ष र नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख र नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी भएका छन् ।
भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रिय भवन अनुसन्धान संस्थानको अवलोकन गर्ने छन् । उनीहरुको भ्रमण दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागीतामूलक हुने बताइएको छ । सो भ्रमणका क्रममा उनीहरुले कोर नामक नामक संस्थाको समेत भ्रमण गर्नेछन् । इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजमा प्रतिनिधिहरुले भूकम्पपश्चातको संरक्षण तथा पुनःस्थापनाकार्यबारे जानकारी लिनुका साथै हेरिटेज एकेडेमीको समेत भ्रमण भएका छन् ।
नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माण गर्न भारत सरकारले नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । नेपाल सरकारले अगाडि सारेको स्वनिर्माणको अवधारणलाई मूर्तरुप दिन युएनओपीएसले भूकम्प उत्थानशील आवास निर्माणका लागि घर धनीहरुलाई सामाजिक–प्राविधिक सहजीकरण प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्