Logo
Logo

पार्टी प्यालेसबाट महिला निकाल्ने युवा संघ होइन : ओली


1.6k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले राति पार्टी प्यालेसबाट महिला निकालेको घटनामा आफूहरुको कुनै संलग्न नभएको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन । मैले फोन गरेर पनि सोधेँ ।’

उनले शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको बताएका छन् । उनले भने, ‘पार्टीको अभियानपछि आन्दोलनकारी नयाँ ढंगले अघि बढ्नुपर्ने देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्