Logo
Logo

भारतीय अनुदानमा क्याम्पस भवन निर्माण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १ फागुन । गुल्मीको चन्द्रकोटस्थित चन्द्रकोट क्याम्पस भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माको प्रतिनिधित्वमा भवन उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीलगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रज व्यक्तित्वहरुको उपस्थिति थियो ।
निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौंलगायतका सहरमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यअनुरुप स्थानीयको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराउँदै आएको छ ।
क्याम्पसमा ९० प्रतिशत भन्दा बढी छात्रा अध्ययनरत छन् । क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका विद्यार्थी विशेषगरी छात्राका लागि उक्त विद्यालयको स्थापनाले राहत पु¥याएको छ ।
भारत सरकारको ४०.९९ मिलियन नेपाली रुपैयाँ अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा १२ वटा कक्षा कोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्