
काठमाडौं । मेडिकल व्यवशायी एवं अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा वृहत प्रदर्शन हुने भएको छ ।
नेकपा एमालेबाट राजनीतिमा उदायका प्रसाईं अहिले राजा ल्याउनुपर्छ भन्ने अभियानमा लागेका छन् । प्रसाई नेतृत्वको प्रदर्शन बल्खुमा गर्ने भएको छ । अभियन्ता प्रसाईंको आज (बिहीबार) हुने कार्यक्रमको रुट सार्वजनिक गरिएको छ ।
जसमा पूर्वबाट साँगाबाट प्रवेश गरी काटेश्वर, सातदोबाटो हुँदै बल्खु जाने रुट बनाइएको छ । त्यस्तै, बालाजु क्षेत्रबाट गल्फुपाखा, सोह्रखुट्टे, कालीमाटी हुँदै तोकिएको स्थानमा पुग्ने रुट रहेको छ । त्यसैगरी साखु बौद जोरपाटी कपन सुकेधाराबाट चावहिल चोक हुँदै प्रदर्शन क्षेत्र पुग्ने रुट सार्वजनिक गरेको छ ।
आजै नेकपा एमालेको भर्तसंगठन युवासंघले पनि आजै काठमाडौंमा प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई टोलीलाई फरक फरक स्थानमा प्रदर्शन गर्न निर्देशन दिएको थियो । सोही अनुसार अभियन्ता प्रसाई नेतृत्वको प्रदर्शन बल्खुमा र युवन संघको प्रदर्शन काठमाडौंको तिनकुनेमा हुने भएको छ ।















