Logo
Logo

आफैँलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते


- दृष्टि न्युज/संवाददाता


सिन्धुली, २ फागुन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँमाथि गोली हानेका छन् । महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले शुक्रबार बिहान आफ्नो पेटमा गोली हानि गम्भीर घाइते प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए ।
घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए । उनले भने, ‘रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ’, गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्