Logo
Logo

बिपी राजमार्गमा सुरक्षा व्यवस्थामा कडाइ


1.3k
Shares

काठमाडौं । सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुलाई सुरक्षा कडाइ गरिएको छ । आज काठमाडौंमा हुने मेडिकल व्यवसायी दुर्गा प्रसाइँ समूहको विरोध कार्यक्रमलाई लक्षित गरी सिन्धुलीको बिपी राजमार्गमा सञ्चालन हुने सवारी साधनहरुलाई सुरक्षामा कडाइ गरिएको हो ।

जिल्लास्थित सुरक्षा निकायले बुधबार र आज बिहानैदेखि जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर बिपी राजमार्गको भिमान, सिन्धुलीमाडी, खनियाखर्क, खुर्काेटलगायतका स्थानहरुमा यातायातका साधनहरुलाई सुरक्षा निगरानी गरिरहेको छ ।

गृह मन्त्रालयको आदेश अनुसार बिपी राजमार्ग हुँदै राजधानी काठमाडौ भित्रिने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई जनपथ र सशस्त्र प्रहरी परिचालन गरेर सडकमा रोक्ने र सोधपुछ गर्ने जस्ता कार्य भइरहेको छ । सवारीका साधनहरुलाई ठाउँठाउँमा रोकेर चेकजाँच गर्दा सास्ती भएको यात्रुहरुले बताएका छन् ।

बिपी राजमार्गमा विगतको तुलनामा राजधानी भित्रिने सार्वजनिक र निजि सवारीका साधनहरुको चाप समेत बढेको र यात्रुहरुको संख्या पनि बढेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्