
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंकको ऋण लिनेले तिर्दिन भन्न नमिल्ने बताएका छन्।
आज (बुधबार) भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतले मुलुकको अर्थतन्त्रका विषयलाई लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण लिएर तिर्दिन भन्न नमिल्ने बताएका हुन्।
बैंकको ऋण लिएर व्यवसाय गर्दागर्दै पनि तिर्न नसक्ने व्यवसायीहरूलाई नीतिगत रूपमा राज्यले हेर्ने मन्त्री महतले बताए । त्यस्तै, बैंकबाट धेरै ऋण प्रवाह भएका मानिसले धेरै जग्गा, शेयर र क्रिप्टोमा लगानी गर्दा बजारमा केही समस्या भएको उनले बताए।














