Logo
Logo

युवा संघ र दुर्गा प्रसाईंको शक्ति प्रदर्शनले यातायात ठप्प


315
Shares

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्न लागेको शक्ति प्रदर्शनका कारण सवारी आवागमनमा केही प्रभाव परेको छ ।

अरु दिन व्यस्त हुने सडकमा आज बिहानैदेखि सवारीसाधन कम चलेका छन् । ट्राफिक प्रहरीले दुई समूहको छुट्टाछुट्टै प्रदर्शनका क्रममा मुठभेट हुनसक्ने आँकलन गर्दै अत्यावश्यकबाहेक आज सवारी नचलाउन अनुरोध गरेको छ ।

बसपार्क रहेको काठमाडौंको गोंगबु क्षेत्र, कोटेश्वर, दरबारमार्ग, चावहिल लगायत व्यस्त सडकमाल पनि सवारीसाधन कमै चलेका छन् । यात्रुहरू सवारीसाधन नपाएपछि पैदलै गन्तव्यतिर लागिरहेका देखिन्छन् । युवासंघले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दैछ भने प्रसाईंको नेतृत्वको कार्यक्रम बल्खुमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्