
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गरेका छन् । पोखरामा आयोजित केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली सहभागी हुने छन् ।
सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।














