
काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ।
आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी पाण्डेले व्यक्तिगत समस्या देखाई दिइएको राजीनामा स्वीकृत गरेको सुचना तथा सञ्चारमन्त्री एवं सरकारकका प्रवक्ता रेखा शर्माले बताइन्।
उमेर विवादमा मुछिएपछि उपरथी पाण्डेले गत कात्तिक २४ गते राजीनामा दिएका थिए।
व्यक्तिगत कारण देखाएर बुझाएको राजीनामालाई कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरिएको मन्त्री शर्माले बताइन्।














