काठमाडौं । युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको कार्यकर्ताबीच बल्खु चोकमा ढुंगामुडा भएपछि थप प्रहरी परिचालन गरेको छ ।
यी दुइ समुहले फरक फरक स्थानमा प्रदर्शन कार्याक्रम राखिएको भएपनि बल्खु चोकमा युवासंघका कार्यकर्ता पुगेपछि झडप भएको हो । दुई पक्षबीच त्यहाँ ढुंगामुढा समेत भएको छ ।
काठमाडौंको सुरक्षा चुनौतिलाई ध्यानमा राख्दै नेपाल प्रहरीले १० हजार प्रहरी परिचनलन गरेको थियो । केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्।
प्रदर्शनका क्रममा मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।