Logo
Logo

युवा संघको बाइक र्‍यालीमा प्रसाईं समूहले ढुंगा हानेपछि…


2k
Shares

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईं समर्थकले युवा संघका कार्यकर्ता चढेको मोटरसाइकलमा ढुंगा हानेका छन् । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमामाथि ढुंगा प्रहार भएपछि दुवै पक्षबीच झडप भएको हो ।

दुर्गा प्रसाईं समर्थकको जुलुस कालीमाटीबाट बल्खुतर्फ आउँदै गरेका थिए । मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताहरू देखेपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेका थिए ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ भने केही बाइक र गाडीमा पनि क्षति पुगेको छ । अहिले प्रहरीले त्यहाँको स्थिति नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्