Logo
Logo

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त


247
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी. नियुक्त भएका छन् ।

बैंकको बिहीबार बसेको ४९१औं सञ्चालक समितिको बैंठकले के।सीलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैंकका निर्वतमान अध्यक्ष डा. उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै के।सी।लाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

उनी अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए।

साथै उनी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरूमा पनि आबद्ध रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्