
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आजबाट काठमाडौंको तीन कुनेमा प्रदर्शन गर्ने भएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानको पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेको प्रसाईं समूह आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।
प्रसाईंले बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । त्यस क्रममा केही सवारी साधन तोडफोड हुनुका साथै प्रहरीसहित दुवैतर्फ केही व्यक्ति घाइते भएका थिए ।














