काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ ६ बजेदेखि सुरु हुने उद्घाटन खेलमा गत सिजनको च्याम्पियन काठमाडौं रेजर्स र नवप्रवेशी स्र्पोटिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेलअघि उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले प्रस्तुती दिनेछन् । यो पटक गत सिजनका ६ सहित ३ नयाँ टोली गरि ९ टोलीले ४० खेल खेल्नेछन् ।