Logo
Logo

नेपालमा रोजगारीका अवसर सिर्जना गर्न ठुलो लगानी आवश्यकः प्रधानमन्त्री


441
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक रहेको बताएका छन् ।

धुलिखेलमा आयोजित ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय प्राविधिक एवम् व्यावसायिक उच्च शिक्षा प्रदान गर्न आवश्यक भौतिक एवम् डिजिटल पूर्वाधार, दक्ष जनशक्ति र शिक्षापछिको रोजगारीका अवसर सिर्जनाका लागि ठुलो लगानी आवश्यक रहेको बताएका हुन् ।

साथै उनले शिक्षा क्षेत्रमा राज्यले गर्ने लगानी पर्याप्त नभएको स्वीकार गर्दै नेपालको उच्च शिक्षा चुनौतीपूर्ण सङ्घारमा उभिएको समेत बताए ।

‘मुलुकले लगानी गरेर उच्च अध्ययन गराएका र विश्वविद्यालय शिक्षामा प्रवेश गर्न तयार पारेका जेहेन्दार युवाहरू नै मुलुक छोडेर बाहिरिइरहेका छन् । नेपालमा विश्वविद्यालयहरू खोल्न जत्रो होड छ, त्योभन्दा ठुलो मात्राको सङ्कट पर्याप्त विद्यार्थीको अभावले निम्त्याउँदै छ । यस परिस्थितिमा खासगरी पूर्ण सरकारी अनुदानमा चल्ने सबै विश्वविद्यालयहरूले यो चुनौतीलाई सुधारको अवसरका रूपमा लिनुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्