Logo
Logo

प्रहरीमााथि ढुंगा हान्ने दुर्गा प्रसाईंका ५ समर्थक पक्राउ


4.9k
Shares

काठमाडौं । मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पक्राउ परेका छन् ।

बिहीबारको प्रदर्शनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने ५ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कासहित मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का रहेका छन् ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खाेज्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । साे क्रममा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्