Logo
Logo

तिनकुनेमा भेला भएका प्रसाईँ समर्थक ७ जना पक्राउ


756
Shares

काठमाडौं । काठमाडौंको तिनकुनेमा भेला भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईंका ७ जना समर्थक पक्राउ परेका छन् । स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा प्रदर्शनका लागि जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।

प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् । उनले बिहीबार मात्रै बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । सो क्रममा भएको झडपमा ५ प्रहरीसहित २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्