
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । आज शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
सरकारले गत मङ्सिर ५ गते सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतका लागि न्यायाधिश नियुक्त गर्ने निर्णय गरेको थियो ।














