Logo
Logo

प्रधानमन्त्रीसँग कतारी राज्यमन्त्रीको शिष्टाचार भेट


882
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमान्त्री प्रचण्डसँग विदेश राज्यमन्त्री मुखैरीले नेपालमा लगानी र श्रम सहयोगबारे पनि छलफल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्