Logo
Logo

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


819
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश लगायत आसपासको क्षेत्रका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्