राँझा । नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको । नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए ।
संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद दुई लाख पाउने छन् । भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान पाँच–पाँच हजार पाउने छन् । म्याराथनमा ३० जनाको सहभागिता छ ।
म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला–पुरुष १० किलोमिट पाँच किलोमिटर दौड, ह्विलचेयर दौड ‘किड्स रन’ पनि भएको छ ।