काठमाडौं । अटिजम भएका बालबालिकाको शिक्षामा काम गर्दै आएकी अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ। नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत उप्रेतीलाई सो पुरस्कार प्रदान गर्न लागेको हो ।
भारतीय मानवअधिकार परिषद्ले सन् २०१५ देखि हरेक वर्ष मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउनेमध्ये एक जनालाई पुरस्कार दिने गरेको छ।
उप्रेतीलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ।
संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्दै मानवअधिकार, श्रम अधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको परिषद्ले हालै पुरस्कारबारे पत्र पठाएको उप्रेतीले बताएकी छन्।