Logo
Logo

जसपाको गण्डकी प्रदेश समिति अध्यक्षमा गोपाल गुरुङ


441
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा पार्टीको ५१ सदस्यीय प्रदेश समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मिमा गुरुङ मुख्य सचिव हेमन्त थापा मगर सचिव तिलकबहादुर गुरुङ, राम तामाङ, चन्द्र तामाङ मुस्कान र कोषाध्यक्षमा दिलिप गुरुङलाई चयन गरिएको जसपा केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समितिका इन्चार्ज शिवलाल थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सह इन्चार्जलगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्