Logo
Logo

ओली कपः लुम्बिनीले गण्डकीलाई हराउँदा एपीएफ सेमिफाइनलमा


567
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आज आइतबार भएको खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई हराउँदा एपीएफ नेट रन रेटमा अघि रहँदै समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेको हो । समूहमा ३ वटै टिमले २र२ खेल खेल्दा समान अङ्क भएपछि एपीएफ अन्तिम ४ मा पुगेको हो ।

पोखरा रङ्गशालामा लुम्बिनीले दिएको १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रन बनाउँदा अल आउट भयो । गण्डकीका सुदीप अर्यालले सर्वाधिक ३५ रन बनाए ।

यस्तै कप्तान विपिन खत्रीले १९ र दिनेश बुढामगरले १३ रन जोडे । बलिङतर्फ लुम्बिनीका मोहम्मद हुसैनले ४, अजय लुनियाले ३ र रमेश कुर्मीले २ विकेट ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । लुम्बिनीका धुर्व सुनार र नर सार्कीले समान २३ रन बनाए । बलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ र चन्द्र पौडेलले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्