Logo
Logo

हिमालयन एभरेस्टलाई एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड


169
Shares

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले भारतमा एकसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

भारतमा इण्डिया चेम्बर्स अफ कर्मसद्वारा अयोजित ‘चौंथो आइसीसी इमर्जिङ एसिया कन्क्लेभ’मा हिमालयन एभरेस्टले एकैसाथ दुई अन्तर्राष्ट्रिय अवार्ड पाएको हो ।

तीन दशकदेखि निरन्तर निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको हिमालयन एभरेस्टले ‘बेस्ट माइक्रो इन्स्योर–नेपाल’ र ‘मस्ट इफेक्टिभ एडप्टेसन अफ टेक्नोलोजी–नेपाल’ अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्ड २३ नोभेम्भर २०२३ मा मुम्बइमा आयोजित कार्यक्रमा हिमालयन एभरेस्टका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।

हिमालयन एभरेस्टले माइक्रो इस्योरेन्सको क्षेत्रमा गरेको सेवा प्रवाह र त्यसको प्रभावकारीतालाई मूल्याङ्कन गर्दै ‘बेस्ट माइक्रो इन्स्योर–नेपाल’ अवार्ड प्रदान गरिएको जानकारी दिएको छ ।

त्यसैगरी, प्रविधिको प्रयोगले बीमा सेवा सहजताका साथ उपलब्ध गराउँदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले ‘मस्ट इफेक्टिभ एडप्टेशन अफ टेक्नोलोजी–नेपाल’ अवार्ड प्रदान गरिएको विज्ञप्तिमार्फत हिमालयन एभरेस्टले जानकारी दिएको छ ।

अवार्ड वितरण समारोहलाई प्रमुख कार्यकारी अधिकृत शाहले विशिष्ट अतिथिको रुपमा सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्