Logo
Logo

कुमारी बैंकद्वारा ८ करोड बाराबरको बीमा रकम भुक्तान


221
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका चार हजार पाँच सय ग्राहकलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ ।

कुमारी बैंकले विगत ४ वर्षदेखि परिवार सुरक्षा बचत खातामा सामान्य जाँच, अस्पताल भर्ना भई उपचार गरेका तथा गम्भीर रोगहरुको उपचार एवं दुर्घटना मृत्यु बीमा वापत बैंकले बीमा कम्पनीहरुमार्फत रकम ग्राहकलाई प्रदान गर्दै आएको छ ।

बैंकको तथ्यांक अनुसार यस योजना अन्र्तगत सहरी तथा ग्रामिण क्षेत्रबाट समेत ग्राहकहरु लाभान्वित भएका छन् । बागमती प्रदेशमा सर्वाधिक ३६ प्रतिशत दाबी रकम भुक्तान गरिएको छ भने मधेश प्रदेश र गण्डकी प्रदेशमा क्रमशः ११ र १० प्रतिशत तथा बाँकी रकम अन्य प्रदेशमा भुक्तान गरिएको बैंकले जानकारी दिएको छ ।

कुल बीमा भुक्तानीमध्ये बैंकले अस्पताल भर्ना बीमा वापत सर्वाधिक ५४ प्रतिशत रकम भुक्तानी गरेको छ ।

कुमारी परिवार सुरक्षा बचत खातामा खातावालासहित परिवारका चार जाना सदस्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्ने भएकोले यो बचत खाता ग्राहकहरुमाझ लोकप्रिय छ ।

दुई दशकभन्दा धेरै वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको ।

प्रतिक्रिया दिनुहोस्