काठमाडौं । नेपाल सुपर लिगमा धनगढी एफसीले जित निकालेको छ । आज भएको खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
धनगढीको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका थिए । धनगढीका लागि फोडे फोफानाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगंजका लागि हान्स क्वाफीले पहिलो हाफको अन्तिम समयमा पेनाल्टीमा गोल गरेर खेल बराबरीमा ल्याए ।
त्यसपछि अहमद हिजाजीले खेलको अन्तिमतिर गोल गरेर टिमलाई जित दिलाए ।