Logo
Logo

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन हालसम्मके उच्च मुल्यमा कारोबार भइरहेको छ ।

आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापवाल सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार तेजाबी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यो पनि हालसम्मै उच्च मूल्य हो । यसअघि, गएको कात्तिक ११ र १२ गते छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्