Logo
Logo

५ वर्षमा सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड बढी रकम सङ्कलन



काठमाडौं । सामाजिक सुरक्षा कोष छैटौँ वर्षमा प्रवेश गरेको छ ।

२०७६ चैत ७ गतेबाट सञ्चालनमा आएको कोषले आफ्नो छैटौँ वर्षमा आइपुग्दा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ। आफ्नो स्थापनाको दिवसको अवसर पारेर कोषले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिरहेको छ।

कोषमा हालसम्म ९ लाख २८ हजार ४५३ जना योगदानकर्ता रहेका छन् । कोषमा हाल १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् । कोषले हालसम्म विभिन्न सुविधा अन्तर्गत ६ अर्ब ४४ करोड रुपैयाँ प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा गएका ४ लाख ६६ हजार ६२२ जना श्रमिक कोषमा आबद्ध भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा कोषमा आबद्ध गराउने व्यवस्था गरिएको थियो। सोही आधारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको आबद्धता बढेको कोषले जनाएको छ ।

वैदेशिक रोजगारमार्फत श्रम स्वीकृति लिएर जानेको हकमा निरन्तरता न्यून देखिएको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्