Logo
Logo

डिशहोम फाइबरनेटको ‘सान्दार १२ महिने अफर’ सार्वजनिक



काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज भ्याट बाहेक ६ हजार ६ सय ८५ रुपैयाँमा जडान गर्न सक्नेछन् । साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि निःशूल्क पाउने कम्पनीले जानकारी दिएको छ । अघि यहीँ ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य ७ हजार ७ सय ९९ रुपैयाँ थियो ।

‘सान्दार १२ महिने योजना’ अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएससम्मका प्याकेजहरु जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउनेछन् ।

यस अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मूल्य भ्याट बाहेक १० हवार ४ सय ९९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्