Logo
Logo

माछापुच्छरे बैंकको तीन नयाँ शाखाको शुभारम्भ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले काठमाडौँ स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ र तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ ।

बैंकले यही माघ ४ गते काठमाडौँ महानगरपालिकास्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा वीरेन्द्रप्रसाद महतोले गरेका छन् ।
नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौँ उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १४५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्