Logo
Logo

कांग्रेस केन्द्रीय लेखा समितिको सदस्यमा चारजना मनोनीत


756
Shares

काठमाडौ । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिको सदस्यमा चारजनालाई मनोनीत गरेको छ ।

कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा रहेको समितिको सदस्यमा आज चारजनालाई मनोनीत गरेका हुन् ।

सभापति देउवाले दिलीप ढुङ्गाना (धनुषा), डा. डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई लेखा समितिको सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा, ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्ने गरी चारजनालाई सदस्यमा मनोनयन गरेका कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्