
काठमाडौं । नेपाल सुपर लिग फुटवल (एनएसएल)मा आज काठमाडौं रेजर्स र चितवन एफ सीबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
पहिलो खेलमा स्पोर्टीङ इलामलाई हराएको साविक विजेता काठमाडौं आज लगातार दोस्रो जितको खोजीमा मैदान उत्रने छ ।उता पहिलो खेलमा पोखरा थन्डर्ससँग १–० ले हारेको चितवन भने पहिलो जितको खोजीमा हुनेछ ।
यसअघि हिजोको खेलमा स्पोर्टीङ इलामले झापा एफ सी लाई १–० ले हराएको छ । दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबलमा ९ वटा फ्रेन्चाइज टोलीहरुको सहभागिता छ ।











