Logo
Logo

कोशीमा सांसदकाे बजेट कटाैती गरेकाे भन्दै एमालेको विरोध


756
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ल्याउँदा आफ्ना प्रदेशसभा सांसदको बजेट तथा योजना कटौती गरेको भन्दै नेकपा एमालेले प्रदेश सभामा विरोध जनाएको छ।

आज (मंगलबार) प्रदेश सभा बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सासदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिएका थिए।

बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ। उपनेता रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गरे।

सरकारले प्रतिस्थापन गर्न ल्याएको विधेयकप्रति एमाले, राप्रपा तथा कांग्रेसकै सांसदहरूले पनि विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्