Logo
Logo

प्रधानमन्त्रीले ओलीलाई घुमाए नयाँ कार्यालय (तस्बिरहरू)


6.4k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गरेका छन् । अध्यक्ष ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भवन अवलोकन गराएका हुन् ।

प्रधानमन्त्री कार्यालय रहेको भवनमै रहेको आर्ट ग्यालरी पनि ओलीले अवलोकन गरेका छन् । त्यसक्रममा मुख्यसचिव वैकुण्ठ अर्यालले ओलीलाई भवनको विशेषताबारे ब्रिफिङ गरेका थिए ।

१२ वैशाख ०७२ मा आएको भूकम्पले क्षति पुर्‍याएपछि प्रयोगहीन रहेको सो भवन रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको हो । रेट्रोफिटिङपछि प्रधानमन्त्री कार्यालयको काम पनि यही भवनबाट सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्