Logo
Logo

नक्कली शरणार्थी प्रकरण : प्रतिवादीहरूको बहस सकियो


1.1k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा प्रतिवादीहरूका तर्फबाट बहस सकिएको छ।

काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमा प्रतिवादीहरु तर्फको बहस सकिएको हो ।

गत सोमबारदेखि उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा जारी सुनुवाइमा मंगलबार पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित नेता टोपबहादुर रायमाझीसहित चार जना प्रतिवादीहरु तर्फको बहस भएको हो ।

बुधबार सरकारी वकिलका तर्फबाट जवाफी बहस हुने अदालतका उपरजिष्टार तथा प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए । मंगलबार रायमाझीसहित रामशरण केसी, केशव तुलाधर र सागर राईका तर्फबाट कानुन व्यवसायीले प्रतिरक्षा बहस सकाएका हुन् ।

सबै पक्षको बहस नसकिएपछि इजलासले मंगलबार पनि मुद्दा हेर्दाहेर्दैमा राखेको छ । बुधबार सरकारी पक्षको बहस सकिएपछि निवेदक प्रतिवादीका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहसपछि पुनरावलोकन निवेदनको फैसला आउने छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रूपैयाँ ठगी गरेको पाइएपछि हाइप्रोफाइल व्यक्तिसहित १८ जनामाथि चलाइएको मुद्दामा जिल्ला अदालत काठमाडौंले दुई जनाबाहेक अरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्