Logo
Logo

भूकम्पपीडितलाई न्यानो कपडा सहयोग


504
Shares

काठमाडौं । नेपाल रिटर्नी एशोसिएसनका अध्यक्ष प्रविन पौडेलले रुकुमपश्चिमका भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमार्फत रुकुमपश्चिम आठबिसकोट नगरपालिका
भूकम्पपीडितलाई लत्ताकपडा हस्तान्तरण गरेका हुन् ।

उनले २० घर परिवारलाई न्यानो फाइबर डबल सिरक तथा तीन सय विद्यार्थीको लागि स्कूल ब्याग, कापी र कलम सहयोग गरेका छन् । उक्त राहत संकलनमा विद्यार्थीको समेत सहयोग रहेको थियो ।

गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्