Logo
Logo

एसीसी पुरुष यू-१९ एसिया कप खेल्ने नेपाली टोली घोषणा


1.9k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी पुरुष यू-१९ एसिया कप खेल्ने नेपाली टिम घोषणा गरेको छ । देव खनालको कप्तानीमा क्यानले मंगलबार नेपाली टोलीको घोषणा गरेको हो ।

युनाइटेड अरब इमिरेट्समा डिसेम्बर ८ देखि १७ सम्म पुरुष यू-१९ एसिया कप हुँदै छ। यू-१९ टोलीमा सिनियर टोलीबाट खेलिसकेका गुल्सनकुमार झासमेत समेटिएका छन् ।

नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहोरा, उत्तमरंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्