Logo
Logo

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक


882
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । आसन्न महासमिति बैठकको तयारीबारे छलफल गर्न उनले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने महासमिति बैठकका एजेण्डामाथि केन्द्रीत हुने कांग्रेस केन्द्रीय सदस्य प्रमुख मीनबहादुर विश्वकर्माले बताए । त्यस्तै महासमिति बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने पनि कांग्रेसले तयारी गरेको छ ।

कांग्रेसले महासमिति बैठकका लागि नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले तयार गर्ने जिम्मा दिएको छ ।

आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त नभएकाले केन्द्रीय लेखासमितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गर्न बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्