Logo
Logo

रुसी सेनामा कार्यरत चार नेपाली मारिए


630
Shares

काठमाडौं । रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा यही कात्तिक २९ गते भाइटीकाकाे दिन उनीहरूको निधन भएको हो ।

युद्धमा मारिनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

यसअघि गत असारमा गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि मृत्यु भएको थियो । असार २९ गते युक्रेनको बाखमुतमा मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण भने दूतावासले आजसम्म सार्वजनिक गरेको छैन ।

यसरी दूतावासले उनीहरुको विवरण सार्वजनिक नगरेपछि यसबाहेक पनि थप नेपाली युद्धमा मारिएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्