Logo
Logo

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै


630
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज (बुधबार) पनि बस्दै छ।

बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा सुरू हुने बैठकमा महाधिवेशनको कार्यविधि र प्रक्रियाबारे छलफल हुने कार्यसूची तय गरिएको छ। त्यसमा पार्टीका केन्द्रीय सदस्य र सांसदहरूले आफ्नो राय राख्नेछन्।

त्यसपछि नीति, विचारबारे विमर्श हुने बताएको छ। सोमबारबाट सुरू भएको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टीको दीर्घकालीन नीति तय गर्ने उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

प्रदेश सभापतिहरु पनि सहभागी बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगले प्रतिवेदन प्रस्तुत गरिसकेका छन्। त्यस्तै प्रमुख सचेतक सन्तोष परियारले दलका तर्फबाट प्रतिवेदन पेश गरेका छन्।

त्यसमा सदस्यहरूले धारणा राखेका छन्। आज बिहान ९ बजे पार्टी सभापतिसहितको बैठकले बुधबारको थप कार्यसूची तय गर्ने उपसभापति अर्यालले बताए।

प्रतिक्रिया दिनुहोस्