Logo
Logo

भाटभटेनीको मुख्य कार्यालयमै नयाँ कर्पोरेट भवन



काठमाडौं । भाटभटेनीमा नयाँ कर्पोरेट भवन निर्माण कार्य सुरु भएको छ । मंगलबार कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले पूजा गर्दै भवनको शिलान्यास गरेका हुन् ।

भाटभटेनीको मुख्य कार्यालयमा नै नयाँ कर्पोरेट भवन निर्माण हुनेछ । सो परिसरमा यसअघि ग्राहकहरुको सुविधाका लागि लिफ्ट सहितको पार्किङ भवन निर्माण गरिसकिएको छ । कम्पनीले नयाँ अध्यायको सुरुवात भन्दै ग्राहकहरुलाई थप गुणस्तरिय सेवा दिन तयार रहेको जनाएको छ ।

यस्तै, नयाँ कर्पोरेट भवनको शिलान्याससँगै भाटभटेनीले आफूहरुसँग जोडिएका ग्राहकहरूलाई अझ राम्रो सेवा दिनका सुविधाहरू विस्तार लैजाने बताएको छ । देशभर भाटभटेनीका २६ वटा शाखा संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्